Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

Lovekush Online by Lovekush Online
६ महिना अगाडि
in अर्थतन्त्र, पढ्नै पर्ने, मनोरन्जन, स्वास्थ
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

काठमाण्डौं । वाणिज्य बैङ्कले कात्तिकका लागि पनि ब्याजदर घटाएका छन् । निरन्तर घटने क्रममा वाणिज्य बैङ्कको ब्याजदर एकल अङ्कमा रहेको छ ।

कात्तिकका लागि अधिकांश बैङ्कले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । बैङ्कले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर औसत ५.२० प्रतिशतमा झरेका छन् । असोजमा यस्तो औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो ।

कात्तिकमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.१९ प्रतिशत घटेर ३.६८ प्रतिशतमा झरेको छ जुन असोजमा संस्थागततर्फ औसत ३.८७ प्रतिशत थियो । कात्तिकका लागि १४ वटा बैङ्कले ब्याजदर घटाएका छन् भने बाँकी छ बैङ्कको ब्याजदर स्थिर छ ।

कात्तिक महिनाका लागि ब्याजदर घटाउने बैङ्कमा कृषि विकास बैङ्क, एभरेस्ट बैङ्क, नेपाल एसबिआई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, प्राइम बैङ्क, सिटिजन्स बैङ्क, प्रभु बैङ्क, माछापुच्छ्रे बैङ्क, एनएमबी बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, नविल बैङ्क, सानिमा बैङ्क र एनआइसी एसिया बैङ्क रहेका छन् ।

यता नेपाल बैङ्क, कुमारी बैङ्क, ग्लोबल आइएमई बैङ्क, हिमालयन बैङ्क, सिद्धार्थ बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले भने कात्तिक महिनाकै ब्याजदरलाई निरतरता दिएका छन् ।

पछिल्लो समय कर्जाको माग सुस्त हुँदा र निजी क्षेत्रले पनि लगानी विस्तार गर्न नसक्दा बैङ्कहरूले निक्षेपको ब्याजदर घटाइरहेका छन् ।

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions