Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

बिपी राजमार्गको डाइभर्सनमध्ये साढे तीन किलोमिटर खण्ड रोशीले बगायो

Lovekush Online by Lovekush Online
७ महिना अगाडि
in अर्थतन्त्र, उर्जा, पूर्वाधार, यातायात
बिपी राजमार्गको डाइभर्सनमध्ये साढे तीन किलोमिटर खण्ड रोशीले बगायो

काठमाण्डौ । शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाएको छ ।

सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार बिपी राजमार्गको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म ३५०० मिटर बढी खण्ड रोशीले बगाएको हो। गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण रोशी खोलामा आएको भेलबाढीले करिब १३ किलोमिटर सडक कटान गरेको थियो ।

कटान गरिएकामध्ये सडक डिभिजन भक्तपुरले करिब ५ किलोमिटर खण्डमा अस्थायी ट्र्याक खोलेको थियो। उक्त सडक खण्डमध्ये कतिपय खोलाको किनारबाटै खोलिएको थियो। गत असोजको बाढीपछि १३ दिनमै उक्त अस्थायी ट्र्याक तयार पारिएको थियो। सडक डिभिजनले वर्षाअगाडि पुनः त्यस ट्र्याकलाई उकासेर खोलाको सतहभन्दा माथि ल्याएको थियो। कतिपय स्थानमा खोला खारेर सडकलाई कटान हुन बाट जोगाइएको थियो। ।

त्यसरी बनाइएको अस्थायी डाइभर्सन पूरै बगाएको र बिपी राजमार्गलाई गत वर्षको बाढीपछिकै अवस्थामा पुर्‍याइदिएको साइट इन्जिनियर दुर्गा प्रसादले बताए । उनका अनुसार उक्त खण्डमा सडक डिभिजन भक्तपुर १० करोडभन्दा बढी रुपैयाँ खर्च गरेर अस्थायी डाइभर्सन तयार पारेको थियो ॥

‘हामीले बनाएको डाइभर्सन कतैकतै मात्र बाँकी छ । प्रायः बगाइसकेको छ । कतिपय ठाउँमा कटान जारी छ,’ उनले भने ।

बिपी राजमार्ग पुनर्निर्माण गर्ने गरी चारवटा खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ। ठेकेदार परिचालन भने भइसकेको छैन । चार खण्डमध्ये एक खण्ड जाइकाले बनाउने समझदारी भएको छ । बाँकी तीन खण्ड सडक विभागले बनाउने गरी ठेक्का लगाइएको छ ।

काठमाडौं उपत्यकालाई देशको पूर्वी भेगसम्म जोड्ने उक्त बिपी राजमार्गमा दैनिक दस हजारमाथि सवारी गुड्छन् । यो बाटो अवरूद्ध भएपछि यात्रुहरूलाई पूर्व जान सकस भएको छ । यस बाटोको विकल्पका रूपमा यात्रुहरूले अरनिको राजमार्ग, दोलखाको चरिकोट हुँदै खुर्कोट निस्किने गरेका छन् ।

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions