Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

गत आर्थिक वर्षमा साढे आठ अर्ब वैदेशिक लगानी भित्रियो, लाभांशको नाममा डेड गुना बाहिरियो

Lovekush Online by Lovekush Online
८ महिना अगाडि
in अन्तर्राष्ट्रिय, अर्थतन्त्र, मनोरन्जन
गत आर्थिक वर्षमा साढे आठ अर्ब वैदेशिक लगानी भित्रियो, लाभांशको नाममा डेड गुना बाहिरियो

काठमाण्डौ । आर्थिक वर्ष २०८०–८१ मा ८ अर्ब ५० करोड रूपैयाँमात्रै वैदेशिक लगानी भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

आर्थिक वर्ष २०७९–८० को तुलनामा ३६.१ प्रतिशतले यसमा वृद्धि भएको हो । सो वर्ष ६ अर्ब रूपैयाँमात्रै विदेशी लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७८–७९ मा १८ अर्ब ६० करोड रूपैयाँसम्म वैदेशिक लगानी भित्रिएको थियो भने २०७६–७७ र २०७७–७८ मा पनि यही दरमा वैदेशिक लगानी भित्रिएको थियो ।

आर्थिक वर्ष २०८०–८१ मा मुलुकबाट १२ अर्ब ५७ करोड रूपैयाँ लाभांशको रूपमा वैदेशिक लगानीकर्ताले फिर्ता लगेका छन् । उत्पादनमूलक क्षेत्रमा भएको लगानीबाट यसरी लाभांशको रूपमा सबैभन्दा धेरै रकम फिर्ता गएको छ । सो वर्ष आठ अर्ब ९६ करोड रूपैयाँ फिर्ता गएको हो ।

आर्थिक वर्ष २०८०–८१ मा १२ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ वैदेशिक लगानीबापतको लाभांश फिर्ता गएको छ । आर्थिक वर्ष २०७९–८० को तुलनामा उक्त लाभांश पाँच अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९–८० मा १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ लाभांशबापत नेपालबाट बाहिरिएको थियो ।

आर्थिक वर्ष २०८०–८१ मा कृषि, वन र मत्स्यपालनमा गरिएको लगानीबापत ३० लाख रुपैयाँ लाभांश रकम फिर्ता गएको छ । यस्तै, निर्माण क्षेत्रमा गरिएको लगानीबाट तीन करोड ४३ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ । विद्युत, ग्यास, बाफ र एयर कन्डिसनिङमा गरिएको लगानीबाट ३७ करोड २२ लाख रुपैयाँ लाभांश फिर्ता गएको राष्ट्र बैंकले जनाएको छ ।

उत्पादन उद्योगमा गरिएको लगानीबाट आठ अर्ब ९६ करोड ७९ लाख रुपैयाँ फिर्ता गएको छ । बसोबास तथा भोजन सेवामा गरिएको लगानीबाट चार करोड ८९ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ । वित्तीय तथा बिमा क्षेत्रमा गरिएको लगानीबाट दुई अर्ब ९९ करोड ७६ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ ।

स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरिएको लगानीबाट ८९ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ । सूचना प्रविधि क्षेत्रमा गरिएको लगानीबाट एक करोड ४५ लाख रुपैयाँ लाभांशबापत विदेशिएको राष्ट्र बैंकले जनाएको छ । यातायात तथा भण्डारण क्षेत्रमा गरिएको लगानीबाट ६७ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ । अरू क्षेत्रबाट १३ करोड ५४ लाख रुपैयाँ लाभांशबापत फिर्ता गएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ लाभांशबापत विदेशिएको थियो । आर्थिक वर्ष २०७७–७८ मा २६ अर्ब सात करोड ६६ लाख रुपैयाँ लाभांशबापत बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकले अनुमति दिएका वैदेशिक लगानीका कम्पनीहरूको मात्रै तथ्यांक भएकोले यो उद्योग विभागको तथ्यांकभन्दा केही फरक पर्न सक्ने उल्लेख गरिएको छ । वैदेशिक लगानी स्वीकृत हुने दरभन्दा भित्रने दर अझै कम छ । विगत २९ वर्षमा पाँच खर्ब १२ अर्ब रूपैयाँ वैदेशिक लगानी स्वीकृत भएकोमा एक खर्ब ६३ अर्ब रूपैयाँ मात्रै भित्रिएको छ । स्वीकृत लगानीको ३१.९ प्रतिशत मात्रै वैदेशिक लगानी भित्रिएको हो ।

नेपालले ६० मुलुकबाट वैदेशिक लगानी प्राप्त गर्दै आएको छ । यीमध्ये भारत, चीन, सिंगापुर, आयरल्याण्ड, दक्षिण कोरिया प्रमुख पाँच राष्ट्रमा पर्छन् ।

हाल भारतबाट भएको वैदेशिक लगानी एक खर्ब सात अर्ब रूपैयाँ छ । चीनबाट ३३ अर्ब, सिंगापुरबाट २७ अर्ब, आयर ल्याण्डबाट ३३ अर्ब, दक्षिण कोरियाबाट २० अर्ब पुगेको छ । यो रकम कम्पनीहरूमा भएको सेयर लगानी, यस्ता कम्पनीमा रहेको जगेडा कोष र यी मुलुकबाट भएको ऋण लगानी वापतको रकम हो । यो रकम सम्बन्धित मुलुकको सरकारबाट नेपालले प्राप्त गर्ने ऋण लगानी भने होइन ।

भारतबाट सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा ३८.६ प्रतिशत, विद्युत, ग्यास क्षेत्रमा ३३.६ प्रतिशत र बैंक, बीमा जस्ता क्षेत्रमा १८.६ प्रतिशत लगानी रहेको छ । चीनबाट भने विद्युत्, ग्यास क्षेत्रमा सबैभन्दा धेरै ८५.९ प्रतिशत, उत्पादनमूलकमा ३३.९ प्रतिशत लगानी छ ।

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions