Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

नेपालको सार्वजनिक ऋण बढेर जीडिपीको ४३.९४ प्रतिशत पुग्यो

Lovekush Online by Lovekush Online
८ महिना अगाडि
in अर्थतन्त्र, पढ्नै पर्ने
नेपालको सार्वजनिक ऋण बढेर जीडिपीको ४३.९४ प्रतिशत पुग्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले ४० अर्ब ५७ करोड रूपैयाँ सार्वजनिक ऋण उठाएको छ । यो थपिएको ऋणसहित सरकारले तिर्नुपर्ने कुल ऋण २६ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ । जुन कूल जीडिपीको ४३.९४ प्रतिशत हो ।

कुल ऋणमध्ये १२ खर्ब ८१ अर्ब रूपैयाँ आन्तरिक ऋण र १४ खर्ब २ अर्ब रूपैयाँ बाह्य ऋण पुगेको छ । कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । जसमध्ये आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब र बाह्य ऋण २ खर्ब ३३ अर्ब छ ।

यस वर्ष सरकारले ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये साउनमा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भएको छ, जुन वार्षिक बजेटको ८.९३ प्रतिशत हो ।

यसै साउनमा सरकारले आन्तरिक ऋण भुक्तानी ३२ अर्ब २३ करोड गरिएको कार्यलयले जनाएको छ । यसमा साँवा भुक्तानी २७ अर्ब १० करोड र व्याज भुक्तानी ५ अर्ब १३ करोड रहेको छ ।

यसैगरी साउनमा बाह्य ऋण ४ अर्ब ४४ करोड भुक्तानी गरिएको छ । यसमध्ये साँवा ३ अर्ब ४५ करोड र ब्याज ९९ करोड रहेको छ । आन्तरिक र बाह्य दुवै गरी कुल साँवा ३० अर्ब ५५ करोड र ब्याज ६ अर्ब १३ करोड भुक्तानी गरिएको हो ।

चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रहेको थियो । उक्त ऋण साउनमा १४ अर्ब रुपैयाँ थपिन पुगेसँगै ऋणको आकार बढ्न पुगेको हो ।

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions