Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

राजनीतिक द्धन्द्धले थलापरेको जडिबुटी कम्पनी

Lovekush Online by Lovekush Online
१ वर्ष अगाडि
in खेलकुद, स्वास्थ
राजनीतिक द्धन्द्धले थलापरेको जडिबुटी कम्पनी

काठमाण्डौं । सञ्चो भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो ।

यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा मेहेनत छ । विडम्बना, त्यही संस्था गत शुक्रबारदेखि भग्नावशेषमा परिणत भएको छ । राजा पक्षधर र गणतन्त्रवादी पक्षधरबीच भएको प्रदर्शनकारीले आगजनी गर्दा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहर बनेको हो ।

भवन खण्डहर छ । त्यहाँ रहेका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जिएमपी) सुविधासहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट रु २८ करोड बराबरको क्षति हुन पुगेको छ ।

हाल त्यही खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिन सम्झिँदा कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवको मन भक्कानिन्छ । जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उहाँको मन रोएको छ । महाप्रबन्धक यादव भन्नुहुन्छ, “मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ । अब यो लेभलसम्म आयो भनेर कति खुसी थियौँ तर आँखा अगाडि नै त्यो सबै संरचना जलेको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन । यस्तो हुन पुग्यो ।”

जिएमपीअनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरणहरू जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । यद्यपि चाँडै नै कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको विश्वास छ । उहाँले भन्नुभयो, “सबै जलेर खरानीमा परिणत भएको छ । कम्पनी फेरि सुरुआत गर्नु त पर्छ तर सुरुआती चरणमा म्यानुअल(हातबाट) फिलिङमै जानुपर्ने भयो । कम्पनी विविध चुनौतीका बीच एक लेभलमा अगाडि बढिरहेको थियो, शाखा पनि विस्तार गरिसकेका थियौँ । हामी सबै कर्मचारी उत्साहित थियौँ तर हुलदङ्गाको चपेटामा परेर सबै गुम्यो । अब सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ ।”

पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । “यो संस्था अप्रिय दुर्घटनाको सिकार हुन पुग्यो । सातवटै प्रदेशमा शाखा राख्ने भनेर विभिन्न ठाउँमा काम भइसकेको छ । लुम्बिनी प्रदेशमा मात्र जान बाँकी थियो । जाजरकोटमा पनि हालैमात्र शाखा विस्तार गरेका थियौँ । गोरखामा पनि सुरु गर्ने तयारी थियो । अब जिल्लामा रहेका शाखाबाट उत्पादन गर्ने कोशिस गर्छौं तर जति माग थियो त्यसलाई भने धान्न सकिँदैन”, महाप्रबन्धक यादवले भन्नुभयो ।

उहाँका अनुसार अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । यादवले भन्नुभयो, “छानविन आफ्नो ठाउँमा छ । आफ्नो तर्फबाट सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ । व्यवसाय गर्ने संस्था हो । आफैँ कमाउने आफैँ खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौँ । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौँ, यसमा सबैबाट सहयोग पाउने छौँ ।”

वि.सं.२०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सञ्चो, भिक्स, हिमालय मसाज तेल, सञ्चो जटा केश तेललगायत उत्पादन गर्दै आएको छ । (रासस)

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions