Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

आगामी बजेटका लागि मन्त्रालयहरुसँग छलफल जारी

Lovekush Online by Lovekush Online
१ वर्ष अगाडि
in अर्थतन्त्र, विशेष
आगामी बजेटका लागि मन्त्रालयहरुसँग छलफल जारी

काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धमा विभिन्न मन्त्रालयहरुसँग छलफल गरिसकेको जनाएको छ । बिहीबार मात्र संस्कृति, पर्यटन तथा उड्डयान पर्यटन मन्त्रालसँग छलफल गरिएको छ ।


यस अगि अर्थ मन्त्रालयले भौतिक, सहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, संघीय मामिला, उद्योग, स्वास्थ्य, ऊर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल गरेको थियो ।

मन्त्रालयहरूसँगको छलफलमा वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत विषयलाई प्राथमिकतामा राख्नु पर्ने कुरालाई जोड दिएका छन् । संघीयताको मूल मर्म र भावना, संघ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार संघमा रहेका कार्यक्रम तथा आयोजनाहरूको हस्तान्तरण, तीन तहका सरकारबीचको समन्वय र साझेदारीलाई बजेटले जोड्ने मन्त्री पौडेलले बताए ।


उनले विगतका सबै कार्यक्रम र योजनाहरूको समीक्षा गरी संघीय योजनाहरूमा केन्द्रित हुन, कार्यक्रम तथा योजनाहरू रोक्न, घटाउन, समायोजन गर्न, अत्यावश्यक कार्यक्रमहरुलाई निरन्तरता दिन र परिवर्तित समय अनुसार जनतासँग जोडिने स्मार्ट कार्यक्रम तथा योजनाहरू समावेश गर्न आग्रह गरेका छन् ।
यसमा तीन करोड रूपैयाँभन्दा कमका आयोजनाहरू समावेश नगर्न आग्रह गर्दै अध्ययन र कार्यान्वयनमा जाने योजना तथा कार्यक्रमहरूलाई प्राथमिकीकरण गर्न पनि उनले जोड दिएका छन् ।

कार्यक्रम तथा योजनाहरू पेस गर्दा रकमान्तर र शोधान्तर गर्न नपर्ने गरी यथार्थपरक प्रस्ताव पेस गर्दे उपलब्ध साधन स्रोतलाई अनुसार जनताको आंकाक्षा र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी अनुशासित र यथार्थपरक बजेट आउनेमा आफु विश्वस्त रहेको उनले बताए ।

दुई दिन अघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरूसँग छलफल गरी बजेट विनियोजना साथै पुँजीगत खर्चमा पनि विशेष ध्यान दिन आग्रह गरेको थियो । अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुटा–छुट्टै छलफल गर्दै आएको छ ।

तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम आउने अर्थ मन्त्रालयको भनाइ छ ।

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions