Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

वार्षिक १२ करोडको पुष्पजन्य वस्तु आयात, २ करोडको निर्यात

Lovekush Online by Lovekush Online
६ महिना अगाडि
in अर्थतन्त्र, खेलकुद, पढ्नै पर्ने, राजनिति
वार्षिक १२ करोडको पुष्पजन्य वस्तु आयात, २ करोडको निर्यात

SUJAN GURUNG

काठमाडौं– धार्मिक परम्पराअनुसार फूल जन्म, मृत्यु पाठपुँजादेखि लिएर घर अफिसका भवन सजावटका लागि प्रयोग हुन्छ । नेपालमा मेलापर्वका साथै पूजाआजामा फूलको प्रयोग बढी हुने गर्छ । धेरैजसो फूल खपत भने भाइटीका अर्थात् तिहार पर्वमा हुने गरेको छ ।

पुष्प व्यवसायीका अनुसार तिहारमा काठमाडौँ उपत्यकामा मात्रै करिब ४० करोड रुपैयाँ बराबरको सयपत्री र मखमली माला खपत हुन्छ । बजार मागअनुसार स्थानीय उत्पादन पर्याप्त नहुँदा करोडौं मूल्यको पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गरेको छ भने केही निर्यात भएको पनि तथ्यांक छ ।

भन्सारको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा २ करोड १३ लाख ६० हजार रुपैयाँको पुष्पजन्य वस्तु निर्यात भएको छ भने १२ करोड ७० लाख ८९ हजारको आयात भएको छ । यस्तै, १२ करोड २० लाख ८९ हजार रुपैयाँको पुष्पजन्य वस्तु आयात हुँदा २ लाख ४९ लाख ४२ हजारको फूलका बिउबिजन आयात भएको छ ।

यस्तै, १० करोड २१ लाख ४७ हजार रुपैयाँको फूल तथा बिरुवा आयात भएका छन् । २ करोड १३ लाख ६० हजार रुपैयाँको फूल तथा बिरुवा मात्र निर्यात भएका छन् । फ्यानका अनुसार तिहार लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा धेरै फूल मालाको खपत हुन्छ । तिहारमा सबैभन्दा धेरै ४० लाख वटा सयपत्री माला र पाँच लाख वटा मखमली माला खपत हुने फ्यानको अनुमान छ ।

फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारको पाँच दिनमा ४० करोड बराबरको फूल र मालाको कारोबार हुने बताए । सयपत्री र मखमली मालामा मुलुक आत्मनिर्भर भएको उनको दाबी छ । मखमली माला स्थानीय माग पूरा गरेर विदेशमा समेत निर्यात हुने गरेको छ । विदेशमा रोजगारीका क्रममा नेपाली रहेकाले तिहारमा दुई लाख मखमली माला निर्यात हुने गरेको श्रेष्ठले जानकारी दिए । प्रत्येक वर्ष दुई लाखभन्दा बढी मखमली माला विभिन्न मुलुकमा निर्यात हुने उनले बताए ।

युरोप, अमेरिका, खाडी मुलुकमा मखमली माला निर्यात हुने गर्छ । उनका अनुसार यसपालि बजारमा सयपत्री प्रतिगोटा मालाको थोक मूल्य ८० देखि एक सय रुपैयाँसम्म रहेको छ । यस्तै, मखमली मालाको थोक मूल्य ४० देखि ४५ रुपैयाँसम्म पर्छ । फ्यानका अनुसार मुलुकमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल माग बढ्दै गएको छ । पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर हुँदा गत वर्षदेखि सरकारले तिहारमा माला आयातमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय सातै प्रदेशका मुख्य सहरमा पुष्प व्यवसाय विस्तार हुँदै गएको छ । मुलुकभर २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । पुष्प व्यवसायी मीनबहादुर तामाङले पुष्प व्यवसायबाट राम्रो आम्दानी हुँदा व्यावसायिक रूपमा पुष्प खेती विस्तार हुँदै गएको जानकारी दिए । फ्यानका अनुसार ५२ जिल्लामा भएको पुष्प खेती भइरहेको र पुष्प क्षेत्रमा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी छ । पुष्प व्यवसायमा ५३ हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य वस्तुमा जीवित बिरुवा, बिउबिजन, ताजा कट फूल, बल्ब, ट्युबर, ट्युबर रुट्स रहेका छन् । भारत, नेदरल्यान्ड, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, युएई, ताइबान, इजरायलबाट नेपालमा पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गर्छ ।

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions