Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति, संलग्नलाई कारबाहीको माग

Lovekush Online by Lovekush Online
७ महिना अगाडि
in अर्थतन्त्र, खेलकुद, मनोरन्जन
आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति, संलग्नलाई कारबाहीको माग

काठमाण्डौ । हालै भएको जेनजी आन्दोलनका क्रममा ८० अर्ब बराबरको निजी क्षेत्रमा क्षति भएको छ । असोज ५ गते निजी क्षेत्रका प्रतिनिधीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै करिव ८० अर्ब बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन रहेको जानकारी गराएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको भेटमा आन्दोलनबाट ठूलो जनधनको क्षति भएको भन्दै घुसपैठ गर्नेलाई काराबाहीको माग गरे । महासंघका अध्यक्ष ढकालले महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको बताए। अध्यक्ष ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्नसक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गरे ।

युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति व्यहोरेको हुँदा दोषी माथि कारवाही हुनुपर्ने निजी क्षेत्रको माग छ । कारबाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भइ निजी लगानी थप निरुत्साहित हुनेतर्फ निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराए । छलफलमा अध्यक्ष ढकालले २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको तर न्युन तयारीकै अवस्थामा भएको यस क्षतिले समस्या उत्पन्न हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

यस्तै समस्या भोगेको बंगलादेशले विशेष गरी व्यापार सुविधाबाट वन्चित हुने हुँदा स्तरोन्नतिको निर्णय पर सार्न खोजिरहेको छ । नेपालले पनि अहिले नै स्तरोन्नतिको निर्णय स्थगत गर्न संयुक्त राष्ट्र संघ समक्ष आग्रह गर्नुपर्ने महासंघको सुझाव छ । कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जाको आवश्यकताका साथै बजेट पुनरावलोकन गरी अनावश्यक शिर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिने महासंघको सुझाव छ ।

छलफलका क्रममा चालु पुँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनःकर्जा, ब्याज अनुदान लगायतका वित्तीय सहुलियत तत्काल दिन सकिने तर्फ व्यवसायीहरुले प्रधानमन्त्री कार्किको ध्यानाकर्षण गराएका थिए । अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । निजी क्षेत्रका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले आर्थिक प्याकेज ल्याएर निजी क्षेत्रलाई अघि बढ्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions