Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

अमेरिकाले लगाउने भन्सार शुल्कले बङ्गलादेशको अर्थतन्त्रमा असर पार्ने

Lovekush Online by Lovekush Online
९ महिना अगाडि
in अन्तर्राष्ट्रिय, अर्थतन्त्र, मनोरन्जन, स्वास्थ
अमेरिकाले लगाउने भन्सार शुल्कले बङ्गलादेशको अर्थतन्त्रमा असर पार्ने

ढाका । एसियाली विकास बैँक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । मनीलास्थित यस बहुपक्षीय वित्तीय संस्थाले सार्वजनिक गरेको एशियाली आर्थिक दृष्टिकोणमा बङ्गलादेशको आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको आर्थिक वृद्धि दर घटाइएको उल्लेख गरिएको छ ।

बृद्धिदर घट्नुको मुख्य कारण भनेको निर्यात र उद्योग क्षेत्रको मन्दी तथा अमेरिकी भन्सार शुल्कको सम्भावित प्रभाव रहेको बताइएको छ । यसअघि, चालु वर्षको वैशाखमा एडिबीले बङ्गलादेशको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने अनुमान गरेको थियो । तर अहिले अमेरिकी सरकारले साउन १७ गतेदेखि बङ्गलादेशबाट आउने सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेको छ ।

व्यापार विश्लेषकहरूका अनुसार, यो निर्णयपछि बङ्गलादेश अमेरिकी बजारमा आफ्ना प्रतिस्पर्धी मुलुकहरूभन्दा कमजोर अवस्थामा पर्ने छ । विशेष गरी सिलाइबुनाइ गरिएका कपडाका सामग्रीहरू सबैभन्दा बढी प्रभावित हुने छन् । यी तयार कपडाहरू बङ्गलादेशको कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने क्षेत्र हो, जसमा ४० लाखभन्दा बढी नागरिक रोजगारीमा रहेका छन् । यदि यो शुल्क लागु भयो भने, बङ्गलादेशको रोजगारी, निर्यात तथा समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने एडिबीले चेतावनी दिएको छ । रासस

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions